अमेरिकाद्वारा पाकिस्तान इन्टरनेशनल एयरको उडानमाथि रोक

२६असार, काठमाडौँ । अमेरिकाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को चार्टर विमानलाई अमेरिका जान रोक लगाएको छ ।

अमेरिकी यातायात मन्त्रालयले पाकिस्तानी पाइलटको प्रमाणपत्रलाई लिएर फेडरल एभिएयसन एडमिनिस्ट्रेसन (एफएए) ले जनाएको चिन्तापछि यो निर्णय लिएको हो ।

रोयटर्सका अनुसार पाकिस्तानमा गत महिना एक जाँचका क्रममा एक तिहाई पाइलटले आफ्नो योग्यतासँग सम्बन्धित गलत जानकारी र कागजपत्र देखाएको पाइएको थियो ।

युरोपेली संघ एभिएसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको सञ्चालनमा ६ महिना रोक लगाएको छ ।
यस विषयमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस