
२६ असार,काठमाडौं ।पछिल्लो २४ घन्टामा १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौका २८ जना भक्तपुरका १ र ललितपुरका १३ जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार