
२६असार, रोल्पा । रोल्पा नगरपालिका–५ लाल्टिबाङमा रहेको बालहित प्राथमिक विद्यालयको शिक्षक दरबन्दी काटेर बामरुकमा ल्याउने नगर शिक्षा समितिको निर्णय प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
नेपाली काँग्रेस रोल्पा नगरपालिका–५ जेदबाङका इकाई सभापति हेमराज डाँगीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय प्रति घोर आपत्ति जनाएका छन् ।
केहि दिन अघि मात्र नगर शिक्षा समितिले दरबन्दी कटौति गर्ने निर्णय गरेको बारे अनलाइन साझामा समाचार प्रकाशित भएपछि काँग्रेसले उक्त निर्णय विरुद्ध विज्ञप्ति जारी गरेको हो ।
नगरपालिकाले लाल्टिबाङ र गैराकुटीको दरबन्दी काटेर सदरमुकाममा रहेका विद्यालयमा ल्याउने निर्णय गरेको छ ।
याे पनि पढ्नुहाेस्
प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार