सेती नदीमा बहाव बढेपछि ४३ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

२६ असार ,काठमाडौं । अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २ सय बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सेती नदीमा पानीको बहाव एक्कासी बढेपछि शुक्लागण्डकी नगरपालिका(४ का २८ र शुक्लागण्डकी नगरपालिका-८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । शिलापत्रबाट साभार

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस