पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु – प्रचण्ड

२७ असार,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन र एक ढिक्का हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस