पहिले नेपाली बस्ती रहेको म्यान्मारको नाम्टूस्थित पहाडी इलाका पाङ्ञिन, महाजन बस्ती, लैफरा, खाङ्बस्ती क्षेत्र घना जङ्गलमा परिणत भएको छ। नेपालीको बसोबास हुँदा यहाँ ठूलो जमात गोठालो गइरहेको भेटिन्थे।

पसिनाले भिजेका निर्दोष अनुहारहरू चौतारीमा थकाई मारिरहेका हुन्थे। गाई, भैँसी र बाख्राको बथान खर्कमा चरिरहेको देख्नेहरू अहिले पनि बताउँछन्।

बस्ती छेउछाउको नाम्टू नदीमा आज पानी उसरी नै बग्छ तर समयफेरियो। हेर्दाहेर्दै आँखाअगाडि देख्दै भोग्दैआएका सबै कुराहरू परिवर्तन हुँदै गए।

चार दशकअघियहाँका गाउँपाखामा भेटिने नेपाली अनुहारहिजोआजदेख्नैमुस्किल छ। कुनैबेला पाङ्ञिन, महाजन वस्ती, लैफरा, खाङ्वस्तीमा गोर्खा (नेपाली)हरूको बाक्लो बसोबास थियो।

त्यस क्षेत्रका नेपालीहरु शहरतर्फ झर्दै जाँदा नाम्टूका यी गाउँ–बस्तीमा खाली भएका छन्। त्यहाँका नेपाली बस्ती इतिहासमासीमित भएका छन्।

‘गोर्खा गाउँ’ घना जङ्गलमा परिणत भएको छ। उनीहरूको आस्थाको धरोहर मानिनेमन्दिरहरू जीर्ण अवस्थामा देखिन्छन्। मन्दिरभित्र मूर्ति छैनन्।कतिपय मन्दिर नेपालीहरूले आफूसँगै सारेर लगेका छन्।

नाम्टूमा बसोबास गर्ने नेपालीको मुख्य पेशा पशु पालनथियो। उनीहरूकापूर्खा म्यान्मार आएदेखि नै उर्भर भूमिमा खेतीपाती र पशु पालनामा रमाइरहेका थिए।

दशकौँअघि नेपालीहरू खनिज कारखानामाकाम गर्थें। कारखाना, खेतीपाती र पशुपालनबाट राम्रो आम्दानी गरेका धेरै नेपालीहरू शहर केन्द्रित हुँदै गए भने कतिपय अझैपनि गाउँमै छन्।

नाम्टूको खनिज विश्वमै प्रख्यात छ।वर्षौंपहिले यस क्षेत्र चिनिया अधीनमा रहेको बताइन्छ। शहरको पश्चिम पहाडमा सुन, चाँदी, तामा र कोइलाको खानी छ। खानीभित्र पानीको सतह नभेटिउञ्जेलसम्म पहाड खनेरभकाभक खनिज निकालियो। यहाँ प्रायः नेपालीहरू नै काममा थिए।

सन् १८८३ ताका नाम्टू (बर्मा) अङ्ग्रेजको अधीनमा थियो। यसक्षेत्रका खनिजमाथि अङ्ग्रेज शासनको आँखा लाग्यो र उत्खनन्गर्न थाल्यो।
म्यान्मारको दोस्रो ठूलो शहर माण्डलेबाट बर्मारेल सन् १९०३ मा नाम्टू हुँदै लाशिओ पुग्यो।

बर्मा खनिज रेल्वेको मुख्यालय समेत हो– नाम्टू।यस क्षेत्रमा विदेशी तथा अन्य प्रान्तका नागरिकमाथि हिँड्डुल गर्न प्रतिबन्धित छ। तर, नेपालीहरू भने सहजै यहाँसम्म पुग्न सक्छन्।

नाम्टूका नेपालीभाषी नागरिकहरुप्रतिघर एक सयदेखि दुई सयसम्म गाई, भैँसी, बाख्रा पाल्थे। हुनत अझैपनि खेती र पशुपालन गर्ने नेपालीको सङ्ख्या ठूलो छ।

मलिलो खेत, चरण भएको जङ्गली पाखो र रमणीय क्षेत्र हो, नाम्टू। पहिले खेतीपाती र पशुपालन गर्ने २० वटा वस्ती थिए तीमध्येअहिलेसात वटा नेपाली गाउँ मात्र बाँकी छन् छन्।१३ वटा पुराना नेपालीबस्ती जङ्गलमा परिणत भएको छ।

स्थानीय रैथाने जाति–जनजातिहरू नेपालीलाई खुब मन पराउँछन्। उनीहरू भेट्यो कि नमस्ते गर्छन्तर उनीहरू नेपाली बुझ्दैनन्। गोर्खा अर्थात् नेपालीलाई उच्च सम्मान गर्छन्।

बिहे, पूजाआजा र दशैँताका खोलामा गई नौ–दुर्गाको मूर्ति सेलाउँदा श्यान, कचिनलगायत जातिहरूसमेत सँगै पुग्छन्। यसक्षेत्रमा हाल तीन हजार पाँच सय नेपाली बसोबास गर्दन्। खेती गर्नेहरू गाउँमा, व्यापारमा लागेका शहरतिर र प्रायः रोजगारीको सिलसिलामा थाइल्याण्डसम्म पुगेका छन्।

नम्टू चर्चित खनिज कारखाना बन्द हुँदा हजारौँ नेपालीहरू पलायन र विदेशीन बाध्य भएका छन्। हाल अष्ट्रेलियन कम्पनीहरू कारखाना सञ्चालन गर्ने जमर्को गरेको चर्चासमेत छ।

गाउँ जङ्गलमा परिणत भएपनि नेपालीहरूले रोपेका बर–पीपलभने उस्तै छन्। गोठालो जाँदा आराम गर्ने चौतारीहरू भत्केका छन्। २० वटा नेपाली बस्तीमध्ये नाम्टूको एक गाउँ– जसलाई ‘महाजन गाउँ’ भनेर चिनिन्थ्यो– उक्त वस्ती भएको ठाउँ अहिले घना जङगलमा परिणत भएको देख्न सकिन्छ।

यहाँका नेपालीहरू आर्थिक रुपमा सम्पन्न भएको हुँदा ‘महाजन गाउँ’ भनिन्थ्यो। उनीहरू सबै बिस्तारै–बिस्तारै शहर पसे।नाम्टूका स्थानीयहरू अहिले मोगोक, मिचिना, टाउँजी, रङ्गुनसम्म पुगेका छन्।

नाम्टूनगर श्यान र कचिन जातिका मान्छेको ठूलो बसोबास थलो बनेको थियो,जब ब्रिटिशकालमा नेपालीहरू गाउँ–गाउँ बनेरछपक्कै बस्ती बसाए। त्यसपछि श्यान र कचिन जातका मान्छे नाम्टूबाट पलायन भएको नेपालीहरुको स्मृतिमा अझै ताजै छ।

एक समयमा जताततै नेपालीनै नेपाली भेटिने यी गाउँ–वस्ती भएका क्षेत्रमा हिजोआज बाघ, भालुजस्ता जङ्गली जनावर भेटिन्छन्।
नेपालीहरूपहाडी भेगमा आएरबस्ती बसाएका छन्। यस क्षेत्रका मानिसमा ऊबेला शिक्षाको ज्योति भेट्न मुस्किल पथ्र्यो। पहाडी इलाका, बाटो–घाटो नहुँदा दुर्गमले पाठशाला पुग्नै पाएनन्– सयौँ नेपाली।

अखिल म्यान्मा–देशीय गोर्खा हिन्दू धार्मिक संघको केन्द्रीय नागरिकता विभागको वर्तमान नेतृत्वसमेत नाम्टूले नै गरेको छ। नाम्टू रेल विभाग प्रमुखको जिम्मेवारीमा नेपाली नै रहे। यहाँका सबै नेपाली मूलका बासिन्दाहरूलेबर्मेली नागरिकता पाएका छन्। प्रायः रैनाथेसरहको रातो नागरिकता पाउनेहरूको जमात ठूलो छ।

कतिपयले हरियो नागरिकता पाएका छन्। उनीहरू प्रवासीसरह मानिन्छन्। यद्यपि, उनीहरू बर्मेली नागरिक नै हुन्।
कस्तो बिडम्बना! एक बखत नेपालीनै नेपाली बसोबास गर्ने गाउँहरुअहिले खण्डहर भएका छन्। मानिस मात्रै सरेनन् भगवान अर्थात् मन्दिर पनि मानिससँगै सरे।

नाम्टू नगर म्यान्मारको उत्तरी श्यान प्रान्तमा पर्दछ। कुनै ताका खनिज उत्खन्नमा काम गर्ने कामदारहरू अङ्ग्रेज शासनले नेपाल र भारतबाट ल्याउँथे। हजारौँ हजार नेपालीहरु नाम्टूस्थित भोड्विन सुनखानीमा गर्थे। उनीहरू खनिज खानीमा काम गर्दैनजिकैका गाउँहरूमा बसोबास गर्थे।

नेपालीहरू खनिज कारखाना, कृषि र पशुपालन गर्दै जीवन बिताइरहेका थिए– कैयौँ सालअघि। तीमध्ये आजभोलि कृषि र पशु लाग्ने थोरै मात्र नेपाली छन्।

नेपालीद्वारा निर्मित सात वटा मन्दिरहरू पूराना भइसकेका छन्। कति त भत्की पनि सके। नेपाली जहाँ पुग्थे, त्यहाँ मन्दिर र बरपीपल रोप्थे।
अंग्रेजका पालामा नाम्टू क्षेत्रलाई‘दोस्रो नेपाल’ भनेर समेत चिनिने गरेको इतिहासका जानकारहरू बताउँछन्। वषौँअघि गाउँलेहरू भेला भई नेपाली श्लोक, दोहोरी गाउने चलन रहेको थियो तर हाल इतिहासमा सीमित भएको छ।

नाम्टूका नेपालीभाषीहरूले नेपाली चार्ड–पर्वहरू नै मनाएर रमाउँछन्। पुराना संस्कृति र परम्पराहरू अझै पनि झल्किएपनि पहिलेको जस्तो विल्कुलै छैन, नाम्टू। यी नेपाली गाउँहरु अहिले बाघ,भालु र अन्य जङ्गली जनावरहरुको चरण बनेको छ।

सन् १९६२ म्यान्मार सेनाले सैन्य ‘कू’गरी सत्ता हातलिएपछि कम्तिमापाँच हजारभन्दा बढी नेपालीभाषीहरू नेपाल फर्केको इतिहासमा उल्लेख छ। र, अन्य म्यान्मारका विभिन्न शहरहरूमा छरिएर बसेका छन्।

नेपाली मात्र भएका रमाइला र सुन्दर गाउँहरूमास्थापित मन्दिरहरूनै सार्नुपर्ने अवस्था आयो। अफशोच, भविश्यमा नाम्टू नगरबाटै पनि नेपाली जातिहराउँछन् कि भन्ने चिन्ता हुन थालेको छ।