२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ।
गोपाल रन पहेलीसमेतले दायर गरेको रिट न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
विस्थापित सुकुमबासी वा अव्यवस्थित बसोवासीहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन र थप प्रभावकारी कार्य गराउनु भन्दै निवेदनको टुङ्गो नलागेसम्मका लागि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको हो।
प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार


