
आज २०७७ असार २८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।
मेषः दिन प्रतिकूल छ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । खर्चमा वृद्धि हुनेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।
वृषः दिन उत्तम छ । आम्दानीका विभिन्न बाटाहरू खुल्नेछन् । निर्णय क्षमता बढ्नेछ । बौद्धिक क्षेत्रको काम गरिनेछ ।
मिथुनः दिन सार्थक छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान पाइनेछ ।
कर्कटः दिन मध्यम छ । आध्यात्मिक क्षेत्रमा मन जान निकै कठिन हुने देखिन्छ । स्वास्थ्यमा पनि गडबड हुन सक्छ । धैर्य गर्नु निकै बेस हुनेछ ।
सिंहः दिन नितान्त प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नसक्नेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।
कन्याः दिन अत्युत्तम रहनेछ । वैदेशिक यात्राको योग छ । सन्तान सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
तुलाः दिन उत्तम छ । आँटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । शुभ समाचारले मन प्रसन्न हुनेछ । शत्रु परास्त हुनेछन् ।
वृश्चिकः दिन मध्यम छ । कामप्रति रुचि घट्न सक्छ । निर्णय क्षमता पनि कमजोर देखिनेछ । हरेक काममा सावधानी अपनाउनु पर्नेछ ।
धनुः दिन प्रतिकूल छ । मन डराउनसक्नेछ । काम गर्ने वातावरण सहज देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।
मकरः दिन उत्तम छ । अचानक धन आइलाग्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कुम्भः दिन मध्यम छ । वाक्शक्ति र अर्थशक्तिमा कमी आउन सक्छ । आर्थिक मामिलामा निकै सचेत हुनु पर्ने देखिन्छ । स्वास्थ्य खराब हुन सक्छ ।
मीनः दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । व्यवहारिक समस्या पनि बिस्तारै हट्नेछ । पढाइ लेखाइ हुनेछ ।