२८असार, लिबाङ । नेकपा एमाले रोल्पाको दोस्रो पूर्ण बैठक लिवाङमा सम्पन्न भएको छ । पूर्ण बैठकले गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडा तहसम्मको निर्वाचनको समिक्षा गरेको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिधिहरुलाई बधाई एव सफल कार्यकालको शुभकमाना दिनुका साथै मतदाताहरुलाई धन्यावाद दिएको छ ।
बैठकले रोल्पा जिल्लाका सबै स्थानीय तहमा छायाँ सरकार निर्माण गरी जनतासँग जोडिएका विषय तथा सरकारलाई खवरदारी गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकारले ल्यायको नीति तथा कार्यक्रहरु र बजेटका सन्दभमा राम्रा कामलाई रचनात्मह रुपले सुझा सल्लाह र सहयोग गर्ने र जनताको विपक्षमा हुने कामहरुको उक्त छायाँ सरकारले भण्डाफोर गर्ने निर्णय गरेको एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले बताएका छन् ।
यस्तै पछिल्लो समय डिजेल पेट्रोल लगायत दैनिक उपभोग्य सामानहरुमा चरम मुल्य बृद्धि भैरहेको तथा महंगीले जनताहरु मारमा परिरहेको भन्दै नेकपा एमाले रोल्पाको तर्फबाट ध्यानाकर्षण भएको नेकपा एमाले रोल्पाले बताएको छ ।
मुल्य वृद्धिलाई तत्काल नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलाई खबरदारी गर्ने अध्यक्ष बुढाले बताए ।
त्यस्तै गरी एमाले रोल्पाको जिल्ला भेला तथा प्रशिक्षण भदौ महिनाको तेस्रो हप्ता गर्ने कार्य सूचि बनाएको छ, भने जिल्लामा क्रियाशिल सबै जनवर्गीय संगठनहरुको संयुक्त जिल्ला भेला प्रशिक्षण र सम्मेलन पनि भाद्रको तेस्रो साता गर्ने निर्ण गरेको छ ।
रोल्पा जिल्लाको सबै स्थानीय तहका वडा, पालिका र नगर पालिको बैठक भेला भाद्रको दोस्रो साता गर्ने निर्णय गरेको छ ।जिल्लाका सबै विभागहरुको बैठक साउन महिनाको दोस्रो साता भित्र गरी सक्ने निर्णय भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।