पहिले नेपाली बस्ती रहेको म्यान्मारको नाम्टूस्थित पहाडी इलाका पाङ्ञिन, महाजन बस्ती, लैफरा, खाङ्बस्ती क्षेत्र घना जङ्गलमा परिणत भएको छ। नेपालीको बसोबास हुँदा यहाँ ठूलो जमात गोठालो गइरहेको भेटिन्थे।

पसिनाले भिजेका निर्दोष अनुहारहरू चौतारीमा थकाई मारिरहेका हुन्थे। गाई, भैँसी र बाख्राको बथान खर्कमा चरिरहेको देख्नेहरू अहिले पनि बताउँछन्। बस्ती छेउछाउको नाम्टू नदीमा आज पानी उसरी नै बग्छ तर समयफेरियो। हेर्दाहेर्दै आँखाअगाडि देख्दै भोग्दैआएका सबै कुराहरू परिवर्तन हुँदै गए।