
फाइल फाेटाे
२९असार,काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
सोही अनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिने बताइएको छ।
देउवा पाँचौंपटक प्रधानमन्त्री भएका हुन्।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार