२०७७ असार ३० गते मंगलबारको राशिफल

आज २०७७ असार ३०गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

वृषः दिन नितान्त प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ ।

मिथुनः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कर्कटः दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ उत्कृष्ट मान सम्मान पाइनेछ ।

सिंहः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ कडा प्रतिस्पर्धा गरिनेछ ।

कन्याः दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

तुलाः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ ।

वृश्चिकः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ । मावलीबाट आवश्यक सहयोग मिल्नेछ ।

धनुः दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यप्रति सावधान रहनु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ ।

मकरः दिन नितान्त प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बुद्धिमानी हुनेछ ।

कुम्भः दिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक दायित्व थपिनेछ ।

मीनः दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा ह्रास आउनसक्छ । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । शरीर पनि अस्वस्थ रहन सक्नेछ ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस