३० असार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार २१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ करोड ९ लाख ४४ हजार ९४९ पुगेको छ ।

भारतमा ४ लाख ३६ हजार ४१४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ६२३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ११ हजार ४३९ पुगेको छ ।