३० असार, काँठमाडाैँ। बङ्लादेशमा लागू हुँदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ ।

इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो ।

बङ्लादेशमा जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।