३० असार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ ।

बैठकमा कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै भदौ दोस्रो साताका लागि तोकिएको कांग्रेस महाधिवेशनको तयारीका बारेमा पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ ।