२०७७ असार ३१ गते बुधबारको राशिफल

२०७७ असार ३१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

मेषः दिन भाग्योदयकारक छ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृषः दिन नितान्त प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

मिथुनः दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ ।

कर्कटः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

सिंहः दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ ।

कन्याः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।

तुलाः दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजन भेटिनेछन् ।

वृश्चिकः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ ।

धनुः दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

मकरः दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।

कुम्भः दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । उत्तरदायित्व थपनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीनः दिन मध्यम छ । बोलीवचनमा सचेत रहनु बेस हुनेछ । धन हानि हुनसक्छ । समयमै सचेत रहनु पर्ने देखिन्छ । खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस