
३१ असार, काठमाडौं । ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी कोरोना भाइसर संक्रमित भएका छन् ।
योसँगै बुधबार बिहानसम्म ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या १९ लाख ३१ हजार २०४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३४१ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७४ हजार २६२ पुगेको हो ।
प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार