
१ साउन,काठमाडौं । सिन्धुपाल्चोकमा २ वटा घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
जिल्लाको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले २ वटा घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।
स्थानीय ग्यान्जेन शेर्पाको घर पुरिँदा शेर्पाकी आमा, श्रीमती, बहिनी र दुई छोरी पुरिएको वडाध्यक्ष साङ्दोर्जे शेर्पाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार