स्थगित परीक्षा दसैँअघि नै सञ्चालन गर्ने त्रिविको तयारी

२ साउन,काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोलेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दसैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए ।

स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने छ । त्यस्ता नियमित परीक्षा भने दसैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ ।आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस