पार्टी एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

५साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभावकरले पार्टी एकता भत्काउन दुष्प्रचार भएको बताएका छन् । पूर्वगृहमन्त्री समेत रहेका शर्माले पार्टी एकताका विषयलाई लिएर कतिपयले नरुचाएको भन्दै त्यस्ताहरुलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ को संज्ञा दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार भइरहेकाले त्यस्तो भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस