पहिरोले घर पुर्दा दार्चुलामा आमा–छोरीको मृत्यु

५साउन, काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिकामा घर माथिबाट गएको पहिरोमा पुरिएर बेपत्ता भएका २ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–६ की मनमतिदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती आइतबार राति गएको पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएका दुवैको खोजीका क्रममा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर सोही ठाउँमा अन्य केही व्यक्ति घाइते समेत भएका प्रहरीको भनाइ छ ।

तस्बिर– प्रतिकात्मक

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस