७२ वर्षे क्यान्सर पीडितले जिते कोरोना

५साउन, काठमाडौँ । ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित ज्येष्ठ नागरिक कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन ।

लिखु गाउँपालिकाको सिंहदेवीका क्यान्सर पीडित पुरुषलाई क्यान्सरको समस्या जटिल बनेपछि अस्पतालबाट घर फर्काएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको थियो ।

घरैमा चिकित्सकको निगरानीमा राखिएका उनमा सोमबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस