
५साउन,काठमाडौं । अविरल वर्षासँगैको बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङ स्थित पृथ्वी राजमार्गको मोवाखोलाको पुलमा बाढी र पहिरोले क्षति पुर्याउँदा यातायात अवरुद्ध भएको हो ।
बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।
बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ।
‘१६(१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राईले भने,’एक ठाउँमा तीन वटा गाडी पुरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ।’
दर्जन भन्दा बढी स्थानमा पहिरो कारण राजमार्ग अवरुद्ध भएको छ ।
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार