कोशी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, ४८ ढोका खोलिए,

६ साउन,काठमाडौँ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ।

मंगलबार बिहान गरिएको मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव वर्षकै उच्च हो ।

पानीको बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले  आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस