
६साउन, रोल्पा । रोल्पाको लिबाङमा धारिलो हतियार (चक्कु) प्रहार गरी एक जनाको हत्या भएको छ । भने दुई जना घाइते भएका छन् ।
रोल्पा नगरपालिका ४ लिबाङ स्थित खाद्यटोलमा शनि ग्योज संचालन गरिरहेका कपिलवस्तु बाणगंगा नगरपालिका २ का २९ वर्षिय सुनिल पुनमगरको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।
डिएसपी लामाका अनुसार शनिबार राति ९ बजे एक समूहले उनीमाथि चक्कु प्रहार गरेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल रेउघा मृत्यु भएको हो।
त्यस्तै सोही ग्यारेजमा काम गर्ने थबाङका १६ वर्षिय अनिल पुनमगर र राप्ति गाउँपालिका १ पाखापानी दाङ घर भई लिबाङमा अटो वर्कशपका संचालक ३३ वर्षिय कृष्णबहादुर अधिकारी घाईते भएका छन् । उनीहरु जनाको हात र टाउकामा चोट लागेको डिएसपी लामाले बताए ।
पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको छ । भने, घटनामा संलग्न ७ जनालाई नियन्त्रणम लिएको र अन्यको खोजतलास भई रहेको डिएसपी लामाले बताए ।