रोल्पाका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन

७साउन, राेल्पा । रोल्पाका पुराना कम्युनिष्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधन भएको छ ।ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए ।

बरमन बुढा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । निर्वाचन जितेर काठमाडौं गएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस