सहिद स्मृति पार्क सरसफाई

८साउन, रोल्पा । रोल्पा थबाङ गाउँपालिका १ झकेबाङमा रहेकेको सहिद स्मृति पार्कमा सरसफाई गरिएको छ । थबाङ गाउँपालिका अध्यक्ष ऋशिकेशब बुढामगरको नेतृत्वमा पार्क सरसफाइ गरिएको हो ।

स्मृति पार्क भित्ररहेका सालिक लगायत भौतिक संरचना, फुल , बोटविरुवाहरुलाई गाँसे जङ्गलले छोपिए पछि गाउँपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

थबाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर वली लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी , वडा अध्यक्ष, कार्यपालिका सदस्य , ईलाका प्रहरी कार्यलय थबाङका प्रहरी निरीक्षक राजेश बस्नेत, वीर बलभद्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्ती मगर लगायतले पार्कको सरसफाइ गरेका हुन ।

सरसफाइ कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष बुढा मगरले गाउँपालिका भित्र पर्ने ५ वटा वडाका सार्वजनिक स्थानहरुमा अनुकुल समय मिलाएर सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी , विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व हरुसँग मासिक रूपमा श्रमदान अर्थात सामाजिक काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस