
८साउन, रोल्पा । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस रोल्पाका २५ जना नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
त्रिवेणी गाउँपालिका २ नुवागाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम प्रतिनिधि सांसद ईश्वरी जिएम र एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज जीवन गौतमले नव प्रवेशीहरुलाई टिका लगाएर प्रवेश गराएका हुन् ।
एमालेमा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रबाट पलबहादुर घर्ती, दिनेश घर्ती, सन्तोष वली, खिमबहादुर बुढा, जनक बन्दिपुरे, खड्कबहादुर बुढा, वीरबहादुर बुढा, मनबहादुर घर्ती, प्रभात पुन, अमृता बुढा, भिमकुमारी वि.क., विक्रम वि.क., दुनराज वली, अमर वि.क., धनबहादुर वि.क., पूर्णिमा घर्ती, नौमति राई, गंगा पुन, चन्द्रप्रकाश बुढा, धर्मबहादुर बाँठा, पुष्पा थापा, तृष्णा बुढा, रामकली बुढा रहेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट लालबहादुर घर्ती र भुपाल सार्की रहेका छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा मगर, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा बुढा घर्ती र ओमराज घर्ती , एमाले रोल्पाका अध्यक्ष बालाराम बुढा , एमाले रोल्पाका सचिव अमृत बुढा लगायत नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।