
१० साउन, रोल्पा। रोल्पामा सिँचाइ पोखरी डुबेर एक बालकको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका २ रामपुरका खिमबहादुर विकका २ वर्षीय छोरा टोपबहादुर विकको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार बालक घरदेखि करिब ६० मिटर उत्तर तर्फ पर्ने सिँचाइ पोखरीमा पुगेर खेल्ने क्रममा पोखरीमा डुबेका थिए । स्थानीयले सिँचाइ पोखरीमा डुबि रहेको अवस्थामा बालकको उद्धार गरी उपचारको लागि स्वाथ्य चौकी होलेरीमा पठाएका थिए ।
पोखरीमा डुबेका बालकको उपचारको क्रममा स्वाथ्य चौकी होलेरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।
मृतक बालका बुवा अध्ययनको शिलशिलामा दाङमा रहेकाले बालकको शव स्वाथ्य चौकी होलेरीमै राखिएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार