एसईईमा राेल्पा टपर पूजालाई ५० हजार पुरस्कार

१० साउन, रोल्पा। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रोल्पा जिल्लाबाट सबैभन्दा बढी जीपीए लिएकी विद्यार्थी पूजा थापालाई ५० हजार बढी नगद पुरस्कार प्रदान गरीएको छ।

सत्प्रयास समूह रोल्पाले पूजालाई नगद ५० हजार ५ रुपैँया सहित सम्मान तथा पुरस्कार प्रदान गरेको हो। बालकल्याण माध्यमिक विद्यालय लिबाङकी पुजाले २०८१ एसईईमा ३.९१ जिपिए प्राप्त गरी रोल्पा जिल्लामै पहिलो भएकी थिइन।

रोल्पा नगरपालिका ४ की पूजाले पुरस्कार हुँदै सफलता प्राप्त गर्नका लागि निश्चित लक्ष्य राख्नु पर्ने बताएकी छन्। ‘मेहनतले प्राप्त भएको एसइइको नतिजाबाट म सन्तुष्ट छु’ उनले भनिन। पूजाले प्राप्त गरेको पुरस्कारको २० प्रतिशत रकम बाल कल्याण मावि लिबाङको बाल क्लबलाई हस्तान्तरण गरेकी थिइन।

पुजालाई लुम्बिनी प्रदेशका सांसद् दिपेन्द्रकुमार पुनले प्रमाण पत्र र नगद रकम प्रदान गरी पुरस्कृत तथा सम्मानित गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस