
१२साउन, काठमाडौं । रूसमा एकैदिन ५ हजार ७६५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।
रुसमा पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार २६९ पुगेको छ। संक्रमित संख्या ८ लाख १२ हजार ४८५ पुगेको छ ।
१ लाख ९८ हजार ९६६ जनाको उपचार भइरहेको छ भने ६ लाख २५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार