शिलवाल दोस्रो पटक राखेप सदस्य सचिव नियुक्त

१२साउन, काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार शिलवाललाई नियुक्त गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाललाईनै सचिव नियुक्त गर्ने निर्णय गरेको हो।

सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्।

२०७६ असार २३ गते राखेपको १८ औं सदस्यसचिव नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि गत असार १७ गते पदमुक्त भएका थिए।

राखेपको विधान परिवर्तन भएपछि सदस्य सचिवका लागि पुनः खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएको थियो। जसमा सिलवालले पुनः नियुक्ति पाएका हुन्।

सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले सिलवालसँगै भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगरको नाम सिफारिस गरिएको थियो।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस