राप्रपा छाडेका थापा मंगलबार कांग्रेस प्रवेश गर्दै

१२साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।

पार्टी प्रवेश गरेपछि थापालाई पदाधिकारी बनाइने छ, भने केहीलाई केन्द्रीय सदस्य दिने कांग्रेसले तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेको भए पनि सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले जानकारी दियो ।

उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस