पहिरोमा पुरिएर दार्चुलामा श्रीमान–श्रीमती बेपत्ता

सां‌केतिक फोटो

१३ साउन, काठमाडौं । दार्जुलामा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् ।

मंगलबार बिहान ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील भने सकुशल छन् । सुनीलले भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस