बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

१३साउन,काठमाडौँ । प्रधानमन्त्री एंव सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन् ।

गौतमसँगको भेटमा ओलीसहित पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन् ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रूपमा स्थगित गरेका थिए । तर, प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा ओलीइतर समूहको बैठक बसेको थियो ।

सो बैठकअघि नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेका थिए । गौतमले ५ वर्ष नै ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्षसहित ६ बुँदे प्रस्ताव राखेका थिए । पार्टी एकता बचाउन आफूले यस्तो प्रस्ताव ल्याएको गौतमको दाबी छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस