
सांकेतिक फोटो
१४ साउन, दाङ । दाङमा पहिलरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।
दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ५ साकिनेका २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बतएको छ ।
गए राति बिहान तीन बजेतिर आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार