भारतमा एकै दिन थपिए ५४ हजार बढी कोरोना संक्रमित

१६साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ५४ हजार ९ सय ६६ नयाँ कोरोना संक्रमित थपिएका छन् । उक्त संख्या अहिलेसम्म भारतमा एकैदिन देखिएको सबैभन्दा धेरै संख्या हो ।
योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस