विराटनगरमा आज रातिदेखि १४ दिन फेरि लकडाउन

१६साउन,काठमाडौँ । कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन हुने भएको छ ।

शुक्रबार राति १२ बजे देखि दुई सातासम्मका लागि विराटनगरमा लकडाउन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार शुक्रबार राति १२ बजेबाटै महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन गर्ने निर्णय भएको हो ।
शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस