
१६साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।
शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।
प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार