
१६साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।
शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको हो।
कहाँ कति थपिए कोरोना सक्रमित ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा गरिएको परीक्षणमा झापाका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, बाराका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
उनका अनुसार नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २४ जना, कैलालीका १५ जना, काठमाडौंका ८ जना र नुवाकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ३ जना ललितपुरका २ जना र रौतहटका २ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १६ जना, कंचनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना,प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, म्याग्दीका २ जना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना र रुपन्देहीका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका एकजना र दाङका एकजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा गौतमका अनुसार दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकाएकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १० जना र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।