
१६साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८ जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको छ।
शुक्रबार थपिएका सहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।
प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार