
रोल्पा । रोल्पामा बाल विवाहमा गरेको अभियोगमा बेहुला बेहुलीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका १ का २३ वर्षीय बेहुला, १७ वषिया बेहुलीसहित उनीहरुका अभिभावक समेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा सूचना अधिकारी प्रहरी निरीक्षक केशबराज बराकोटीले जानकारी दिएका छन् ।
पक्राउ परेका ६ जनालाई प्रहरीले अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरीरहेको छ । उनीहरुले अभिभावककै आपसी सल्लाहमा बुधबार घरममै औपचारिक रुपमा बिहे गरिदिएको प्रहरील जनाएको छ ।
बालविवाह भएको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको टोलिले बेहुलाबेहुलीसहित उनीहरुका अभिभावकलाई बुधबार घरबाटै पक्राउ गरि थुनामा राखेको छ ।
बालविवाह गर्ने र गराउनेलाई आवश्यक कारवाहीको लागि मुद्दा चलाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार