१८ साउन, रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा २ जना पुरिएको आशंका गरिएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ४ कामीडाँडाका २४ वर्षीय देउसीङ कामीको घर पहिरोले पुरिँदा उनका आमा र ४ वर्षीय छोरी पहिरोमा पुरिएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशराज बराकोटीका अनुसार घरमा तीन जनाको परिवार बस्दै आएका थिए । देउसीङ कामले गाउँ गएका थिए । राती साढे ९ बजे तिर घर माथिबाट आएको पहिराले घर पुर्दा देउसीङका आमा र उनका छोरी पुरिएको आशंका गरिएको हो ।
अत्याधिक पानी परिरहेको र पहिरो खसिरहेकाले खोजी कार्य गर्न कठिनाइ भएको प्रहरीले बताएको छ । उक्त बस्तीमा पहिरोको जोखिम रहेकाले अन्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार