१९ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय दिउसिंङ कामीको घर पुरिएको हो ।
पहिरोमा पुरिएर देउसीङकी आमा वर्ष ६५ की बसुना सुनारको मृत्यु भएको छ । उनकी ४ वर्षीय छोरी माया सुनार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक केशबराज बराकोटीले जानकारी दिए ।
घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए। तर पहिरो खसी रहेको र वर्षा नरोकिदा राती उद्धार हुन सकेन । देउसिंङ कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी बराकोटीका अुनसार घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोली सहित स्थानीयले बेपत्ता छाेरीको खोजि गरिरहेका छन् । उक्त क्षेत्रमा नेटवर्कले काम नगर्दा थप जानकारी पाउन समस्या भएको प्रहरीले बताएको छ ।


