
२०७७, श्रावण २० गते मंगलबार
मेषः अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,किनमेल गर्दा सजग रहनु होला।
बृषः वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ।
मिथुनः बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला ।
कर्कटः सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ ।
सिहंः आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला ।
कन्याः फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,चियोचर्चो गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ ।
तुलाः साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ ।
बृश्चिकः उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,व्यावसायिक काममा खर्च बढ्नेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ।
धनुः राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला।
मकरः विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला ।
कुम्भः शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ ।
मीनः लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सामानहरू छुट्नेरहराउने सम्भावना छ।