
२०साउन, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या विश्वमा १ करोड ७९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख १८ हजार ५८२ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ८६ हजार ७०३ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार