रोल्पा। शरीरको कम्मरमुनिका अंग पूर्णरुपमा नचल्लने रोगबाट पीडित आनन्शी विकलाई ४७ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । ‘अम्मीसरा स्मृति हेल्प फाउन्डेसन’ रोल्पाले आनन्सीलाई शनिबार उक्त रकम प्रदान गरेको हो ।
शरीरको कम्मरमुनिका अंगहरु नचल्ने रोगबाट पीडित आनन्शीको उपचार खर्च स्वरुप फाउन्डेसनका उपाध्यक्ष साजन थापाले शनिवार एक कार्यक्रमका बीच सुलिचौरमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका सुनिलस्मृति–४ कुमलधारा मनिष विष्ट क्षत्रीको पहलमा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरि आनन्शीलाई सहयोग गरेको हो ।
थबाङकी आनन्सी परिवारसँग सुलिचौरमा बस्दै आएकी छन् । विगत केही वर्ष अगाडि कोभिड विरुद्धको सुई लगायको भोलिपल्ट देखि उनको शरीरको कम्मरमुनिका अंगले काम गर्न छोडेको आनन्शीको परिवारले बताएका छन् । उपचारपछि केही सुधार हुन थालेको परिवारले बताएका छन् ।
परिवारका अनुसार उनको उपचारमा हालसम्म करोडौ रकम खर्च भैसकेको छ । आर्थिक अवस्था कमजोर भएकाले पछिल्लो समय उनको उपचारमा समस्या हुने गरेको छ । कार्यक्रमको सहजीकरण फाउन्डेसनसा सदस्य दिपक विष्टले गरेका थिए ।