युथ फोर्स र साईबर टिम निर्माण अभियानलाई तिव्र बनाउदै राष्ट्रिय युवा संघ रोल्पा

२१साउन,रोल्पा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, रोल्पाले सबै स्थानीय तहमा कमिटी निर्माण र संगठन सुदृढीकरण अभियानलाई तिव्र बनाएको छ।

युवा संघको कमिटीलाई चलायमान बनाउदै युवा संघले सबै पालिकामा युथ फोर्स र साईबर टिम समेत गठन गरेको राष्ट्रिय युवा संघ रोल्पाका संयोजक प्रेम विकले बताए ।

बुधबार रोल्पा होलेरीमा सम्पन्न रुन्टीगढी गाउँपालिका स्तरीय भेलाले गणेश गिरी संयोजक र दिलिप बाँठा सह–संयोजक रहेको ३४ सदस्यीय युवा संघको कमिटी गठन गरेको छ ।

त्यस्तै ओम प्रकाश दशौदि संयोजक र नन्दबहादुर खत्री सह–संयोजक रहेको २७ सदस्यीय पालिका स्तरीय युथ फोर्स कमिटि र साईबर टिम समेत चयन गरेको युवा संघले बताएको छ ।

राष्ट्रिय युवा संघ रुन्टीगढी गाउँपालिका संयोजक गणेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रोल्पा जिल्ला संयोजक बालाराम बुढा, नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जि.एम., पार्टी जिल्ला सचिवालय सदस्य गोपाल डाँगी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु प्रेम विक, मीनबहादुर महरा, एमाले जिल्ला सदस्यहरु यामबहादुर दशौदि, नेपबहादुर थापा, अमराज वस्नेत, युथ फोर्सका केन्द्रीय सदस्य घनश्याम दशौदि लगायतको सहभागिता रहेको थियो।

युवा संघ रोल्पाका सदस्य तथा रुन्टीगढी सह–ईन्चार्ज कृष्ण पुन (दिनेश)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका पालिका सह–संयोजक दिलिप बाँठामगरले गरेका थिए।

युवा संघको भेलाले यहि हप्तामै रुन्टिगढि गाउँपालिकामा स्थान पहिचान गरेर विभिन्न प्रजातिका ५ हजार विरुवाहरु रोने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस