भारतमा थप ४२ हजार संक्रमित

२१साउन,काठमाडौँ । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ८१७ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १८ लाख १० हजार ७८२ पुगेको छ ।

यस्तै त्यहाँ एकैदिन ५३२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २६ हजार ३२१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस