आज साउन २२ गते बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ साउन २२ गते बिहीबार

मेषः शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, सामानहरू छुट्नेरहराउने सम्भावना छ।

बृषः शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला।
मिथुनः
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,विश्वास जित्नै अघि बढ्न सकिने छ।
कर्कटः पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आफन्त बीच अविश्वास बढ्ला।

सिहंःविपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कन्याः सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ।

तुलाः प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ।

बृश्चिकः बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्।

धनुः सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,किनमेल गर्दा सजग रहनु होला,अधुरा कामहरू बन्नेछन्ः

मकरः पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ।

कुम्भः छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ।

मीनः अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस